आइतबार, भाद्र २८ गते २०८३
images

अन्तर्राष्ट्रिय टी–२० सिरिजको चौथो खेल:नेपाल र मलेसियाबीच हुदैँ

एक्सप्रेस पाना
आश्विन २१, २०८२ मंगलबार
  • 226
    SHARES
  • अन्तर्राष्ट्रिय टी–२० सिरिजको चौथो खेल:नेपाल र मलेसियाबीच हुदैँ

    काठमाडौं । अन्तर्राष्ट्रिय टी–२० शृङ्खलाको चौथो खेलमा नेपाली महिला राष्ट्रिय टिमले मलेसियासँग प्रतिस्पर्धा गर्दैछ ।

    images

    यस खेलमा मलेसियाले टस जितेर पहिले ब्याटिङ गर्ने निणर्य गरेसंगै नेपालले बलिङ गरिरहेको छ । 

    पहिलो खेलमा तीन रनले पराजित भएको नेपाली महिला टिम दोस्रो खेलमा ६ विकेटले विजयी भएको थियो भने तेस्रो खेलमा १३ रनले पराजय भएको थियो । 

    images

    पाँच खेलको सिरिजमा नेपालले दुई खेल गुमाइसकेको हुनाले मलेसिया २–१ ले अगाडि छ भने आजको खेलमा पनि मलेसियाले जित निकाले एक खेल अगाडि नै सिरिज उचाल्ने छ ।

    मलेसियासँग नेपालको फाइनल खेल २२ गते हुनेछन् । इन्दु बर्माको कप्तानीमा रहेको नेपाली टिमले सिरिजमा बराबरी गर्न आजको खेल जित्नैपर्ने दबाब छ ।

  • सम्बन्धित विषय:

  • # अन्तर्राष्ट्रिय टी–२० सिरिज