काठमाडौं । टी–२० विश्वकप एसिया–इस्ट एसिया प्यासिफिक छनोट खेलमा नेपालले कुवेतलाई हराउँदै शानदार जित निकालेको छ ।
बुधबार भएको खेलमा नेपालले कुवेतलाई ५८ रनले पराजित गर्दै विजयी शुरुवात गरेको हो ।
१४२ रनको लक्ष्य पछाएको कुवेतले १८.१ ओभरमा सबै विकेट गुमाउँदै ८३ रन मात्र बनायो ।
नेपालका लागि रोहित पौडेल, सन्दीप लामिछाने र ललित राजबंशीले २-२ विकेट लिए भने सोमपाल कामी, कुशल भुर्तेल र नन्दन यादवले एक एक विकेट लिए ।
यस अघि टस हारेर पहिला ब्याटिंग गरेको नेपालले २० ओभरमा ७ विकेट गुमाउदै १४१ रन बनाएको थियो ।
नेपालका लागि कुशल भुर्तेलले ६६ रन बनाए भने दिपेन्द्र सिंह ऐरीले २० रन बनाए । कप्तान रोहित पौडेलले १६ रन बनाउँदा गुलशन झाले २० रन जोडे ।


