शुक्रबार, श्रावण २९ गते २०८३
images
images

अन्तरिम सरकारले जेनजीका कुनैपनि माग पूरा गर्न सक्दैन्:डा.केसी

एक्सप्रेस पाना
आश्विन २४, २०८२ शुक्रबार
  • 307
    SHARES
  • अन्तरिम सरकारले जेनजीका कुनैपनि माग पूरा गर्न सक्दैन्:डा.केसी

    काठमाडौं । राजनीतिक विश्लेषक प्राडा सुरेन्द्र केसीले वर्तमान सरकारले जेनजीको कुनैपनि माग पूरा गर्न नसक्ने बताएका छन् । 

    images

    शुक्रबार रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षत्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले जेन–जीहरुले आफ्दो माग आफैं छाडेको बताए । जेन–जीको सरकार बन्नुभन्दा पहिला टीओआर बन्नुपर्नेमा त्यसो नभएको उनले बताए ।

    ‘जेन–जीको कुरा त केही पनि पूरा हुन्छ भन्ने मलाई लाग्दैन अबको अवस्थामा । किनभने आफ्नो मागहरु छोडेको जेन–जी आफैंले हो । जेन–जी सरकार बन्नुभन्दा पहिला यसको टीओआर बन्नुपथ्र्यो,’ उनले भने ।

    images

    साथै, उनले अब निर्वाचन गराउनका लागि प्रधानमन्त्री सुशीला कार्की नै अग्रसर भएर दलहरुसँग संवाद थाल्नुपर्ने बताए । अब तीनवटा मन्त्रालयमा जेन–जीहरुको तर्फबाट सहभागी गराएर मन्त्री बनाइनुपर्ने उनको माग छ ।

    ‘प्रधानमन्त्रीले नै अग्रसर भएर दलहरुसँग संवादको प्रक्रिया थाल्नुपर्छ । जेन–जीहरुलाई विश्वासमा लिनुपर्छ । ३ वटा मन्त्रालय बाँकी छन्, ती ३ वटा मन्त्रालयमा जेन–जीहरुलाई नै मन्त्री बनाइदिनुपर्छ,’उनले भने ।

  • सम्बन्धित विषय:

  • # जेनजी
  • # सुरेन्द्र केसी