आइतबार, भाद्र २८ गते २०८३
images

टी–२० विश्वकप छनोट:जापानलाई हराउँदै नेपाल बन्यो समुह विजेता

एक्सप्रेस पाना
आश्विन २४, २०८२ शुक्रबार
  • 395
    SHARES
  • टी–२० विश्वकप छनोट:जापानलाई हराउँदै नेपाल बन्यो समुह विजेता

    काठमाडौं । समूह चरणको अन्तिम खेलमा जापानलाई हराउँदै नेपाल समुह विजेता बनेको छ । 

    images

    शुक्रबार भएको आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट–एशिया प्यासिफिक छनोट प्रतियोगिताको समूह चरणको अन्तिम खेलमा जापानलाई ५ विकेटले हराउँदै नेपाल विजयी भएको हो । १३२ रनको लक्ष्य पछाएको नेपालले १८ ओभरमा ५ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको हो । 

    नेपालका लागि आसिफ सेखले ३८ रन बनाउँदा गुलशन झाले अविजित २८ रन बनाए । त्यसैगरी कुशल भुर्तेलले २१ रन बनाए भने दिपेन्द्र सिंह ऐरीले १४ रन जोडे । 

    images

    त्यसअघि टस हारेर ब्याटिङ गरेको जापानले २० ओभरमा ८ विकेट गुमाउँदै १३१ रन बनाएको थियो । नेपालका लागि सन्दीप लामिछाने,गुलशन झाले २-२ विकेट लिए भने सोमपाल कामी र नन्दन यादवले एक एक विकेट लिएका थिए । 

    यो जितसंगै नेपालले समुह बी मा दुवै खेल जितेर समुह विजेता हुदै २ अंक लिएर सुपर सिक्समा पुगेको छ ।

  • सम्बन्धित विषय:

  • # टी–२० विश्वकप छनोट