शुक्रबार, श्रावण २९ गते २०८३
images
images

विश्वकप छनोट:आज नेपाल कतारसँग प्रतिस्पर्धा गर्दै

एक्सप्रेस पाना
आश्विन २७, २०८२ सोमबार
  • 200
    SHARES
  • विश्वकप छनोट:आज नेपाल कतारसँग प्रतिस्पर्धा गर्दै

    काठमाडौं । आईसीसी टी–२० विश्वकप एसिया र इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्समा आज नेपाल र कतार प्रतिस्पर्धा गर्दैछन् । 

    images

     सोमबार हुने यो खेल नेपाली समय अनुसार राति ८:४५ बजेदेखि शुरु हुदैछ ।

    ओमानमा जारी खेलमा सोमबार अंकबिहीन रहेको कतारविरुद्ध जित निकाल्दै विश्वकप यात्रा तय गर्ने लक्ष्य नेपालको छ । 

    images

    आइतबार भएको खेलमा समूह ‘बी’को समूह विजेता नेपालले समूह ‘ए’को विजेता यूएईलाई एक रनले हराउँदै चार अंक जोडिसकेको छ। सुपर सिक्समा यूएईलाई हराइसकेको नेपालले कतारसँगै ओमान र सामाओसँग प्रतिस्पर्धा गर्दैछ।

    नेपालले आगामी बुधबार ओमानसँग प्रतिस्पर्धा गर्नेछ । सुपर सिक्सको अन्तिम खेलमा नेपालले सामाओसँग शुक्रबार अर्थात् असोज ३१ गते प्रतिस्पर्धा गर्नेछ।
    सुपर सिक्समा सहभागी नेपाल, यूएई, ओमान, जापान, कतार र सामाओमध्ये शीर्ष स्थानमा रहने तीन टिमले भारत र श्रीलंकामा हुने २०२६ को विश्वकप खेल्नेछन्।

  • सम्बन्धित विषय:

  • # टी-२० विश्वकप छनोट