शुक्रबार, श्रावण २९ गते २०८३
images
images

जेनजी युवाहरुबीचको विवादका कारण राष्ट्रपतिसँगको छलफल अनिश्चित

एक्सप्रेस पाना
आश्विन २७, २०८२ सोमबार
  • 198
    SHARES
  • जेनजी युवाहरुबीचको विवादका कारण राष्ट्रपतिसँगको छलफल अनिश्चित

    काठमाडौं । जेनजी प्रतिनिधिहरुसँग राष्ट्रपति रामचन्द्र पौडेलको छलफल अनिश्चित भएको छ । 

    images

    सोमबार राष्ट्रपति पौडेल र जेनजीहरुबीच हुने भनिएको वार्ता अनिश्चित भएको हो । 

    शनिबार वार्ता कार्यक्रम राष्ट्रपति पौडेलको स्वास्थ्यमा समस्या आएपछि वार्ता आज९सोमबार०का लागि सारिएको थियो । तर, जेनजी युवाहरुबीच नेतृत्वको विषयमा विवाद हुँदा वार्ता एवम छलफल अनिश्चित बनेको छ । 

    images

    शनिबार सरकारले छानेका जेनजी प्रतिनिधिहरुप्रति केही युवाहरु असन्तुष्ट भई नाराबाजी गरेका थिए तर सरकारमा कसलाई पठाउने भन्नेबारे उनीहरुबीच विवाद टुङगिन सकेको छैन । 

    प्रधानमन्त्री सुशीला कार्कीको सचिवालयका अनुसार जेनजीहरुबीचको विवाद नमिल्दा छलफल आजका लागि स्थगित गरिएको छ । 

  • सम्बन्धित विषय:

  • # राष्ट्रपति
  • # रामचन्द्र पौडेल
  • # जेनजी