शुक्रबार, श्रावण २९ गते २०८३
images
images

जेनजी आन्दोलन विदेशीको डिजाइनमा भयो,फागुन २१ मा निर्वाचन असम्भव:दुर्गा प्रसाईँ

एक्सप्रेस पाना
आश्विन २७, २०८२ सोमबार
  • 342
    SHARES
  • जेनजी आन्दोलन विदेशीको डिजाइनमा भयो,फागुन २१ मा निर्वाचन असम्भव:दुर्गा प्रसाईँ

    काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईँले जेनजी आन्दोलनपछि देशमा विदेशीहरुको प्रभाव बढेको बताएका छन् । 

    images

    उनले विदेशीहरुले नै एउटा कोठामा बसेर र डिजाइन गरेर अन्तरिम सरकार बनाएको आरोप लगाएका छन् । 

    सोमबार झापाबाट फर्किनेक्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा संचारकर्मीहरुसँग कुरा गर्दै भाद्र २३ गते दुई घन्टामात्रै जेनजी आन्दोलन भएको ठोकुवा गर्दै २३ गते १ बजेपछि आन्दोलन पूरै विदेशीको कब्जामा गएको बताए । उनले देशलाई विघटन गर्नको लागि देशका सम्पूर्ण संरचनाहरुमा आगजनी गरिएको बताए । 

    images

    उनले भने,"भाद्र २३ गतेको जेनजी आन्दोलनमा दुई घण्टा मात्र बच्चाहरुले गरेका हुन् ।  ११ बजेदेखि १ बजेसम्म आन्दोलन जेनजीहरुको थियो । १ बजेपछिको आन्दोलन पूरै विदेशीको कब्जामा गयो । देशको ऐतिहासिक दस्तावेज राख्ने सिंहदरबारदेखि विभिन्न सार्वजनिक संरचनाहरुमा आगो लगाइयो । देशलाई विघटन गर्नको लागि भएका संरचनाहरु सबैमा आगो लगाइयो । एउटा कोठामा आन्दोलनको डिजाइन भयो ।"

    सरकार डलरमा आएको भन्दै उनले नीतिगत रुपमा देश कब्जा मात्र गरेको बताए । उनले आगामी फागुन २१ गते निर्वाचन नुहने दाबी समेत गरे । 

  • सम्बन्धित विषय:

  • # दुर्गा प्रसाईं