आइतबार, भाद्र २८ गते २०८३
images

सुपर सिक्समा कतारलाई ५ रनले हराउँदै नेपाल विजयी, सन्दीपले लिए ५ विकेट

एक्सप्रेस पाना
आश्विन २८, २०८२ मंगलबार
  • 205
    SHARES
  • सुपर सिक्समा कतारलाई ५ रनले हराउँदै नेपाल विजयी, सन्दीपले लिए ५ विकेट

    काठमाडौं । सुपर सिक्सको खेलमा कतारलाई ५ रनले पराजित गर्दै नेपाल विजयी भएको छ । 

    images

    सोमबार राति भएको आइसीसी टी-२० विश्वकपको एसिया र इस्ट एसिया–प्यासिफिक क्षेत्रको छनौट प्रतियोगिता अन्तर्गत सुपर सिक्सको खेलमा नेपालले कतारलाई ५ रनले पराजित गरेको हो ।

    १४८ रनको लक्ष्य पछाएको कतारले १९.५ ओभरमा अलआउट हुदै १४२ रन मात्र बनाएको हो । त्यस्तै नेपालका लागि सन्दीप लामिछानेले ५ विकेट लिए भने नन्दन यादवले २ विकेट लिए । 

    images

    यसअघि टस हारेर पहिला ब्याटिंग गरेको नेपालले २० ओभरमा ९ विकेट गुमाउदै १४७  रन बनाएको थियो ।

    नेपालका लागि कप्तान रोहित पौडेलले ५८ रन बनाए भने दिपेन्द्र सिंह ऐरीले २६ रन बनाए । त्यसैगरी गुलशन झाले १६ रन बनाउँदा आसिफ सेखले ११ रन जोडे । 

  • सम्बन्धित विषय:

  • # आइसीसी टी-२० विश्वकप