आइतबार, भाद्र २८ गते २०८३
images

टी–२० विश्वकप छनोटमा नेपाल र ओमानबीच आज निर्णायक खेल

एक्सप्रेस पाना
आश्विन २९, २०८२ बुधबार
  • 155
    SHARES
  • टी–२० विश्वकप छनोटमा नेपाल र ओमानबीच आज निर्णायक खेल

    काठमाडौं । आईसीसी टी–२० विश्वकप एसिया र इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्समा आज नेपाल र ओमानबीच प्रतिस्पर्धा हुदैँछ । 

    images

    सुपर सिक्समा यूएईलाई १ रन र कतारलाई पाँच रनले हराएको नेपालले आज ओमानलाई पराजित गरे टी–२० विश्वकपमा छनोट हुनेछ । विश्वकप छनोटका लागि निर्णायक मानिएको नेपाल र ओमानको खेल राति ८ः४५ बजे सुरु हुनेछ ।

    सुपर सिक्समा सहभागी नेपाल, यूएई, ओमान, जापान, कतार र सामाओमध्ये शीर्ष स्थानमा रहने तीन टिमले भारत र श्रीलंकामा हुने २०२६ को टी–२० विश्वकप खेल्नेछन् ।

    images

    सुपर सिक्सको तालिकामा ओमान र नेपालको समान ६–६ अंक छ । रनरेटको आधारमा ओमान शीर्ष स्थानमा छ भने नेपाल दोस्रो स्थानमा छ । दुई अंक जोडेका यूएई र जापान क्रमशः तेस्रो र चौथो स्थानमा छन् । कतार र सामाओ भने अंकबिहीन छन् ।

  • सम्बन्धित विषय:

  • # टी–२० विश्वकप छनोट