सोमबार, कार्तिक १७ गते २०८३
images
images

भीम रावललाई भेट्न टोखा पुुगे माधव नेपाल 

एक्सप्रेस पाना
श्रावण ६, २०७८ बुधबार
  • 296
    SHARES
  • भीम रावललाई भेट्न टोखा पुुगे माधव नेपाल 

    काठमाडौँ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल बुधवारको स्थायी कमिटी बैठकमा उपाध्यक्ष भीम रावल सहभागी नभएपछि उनलाई भेट्न उनकै निवास टोखा पुगेका छन् । आफूनिकट नेताहरूलाई बोलाएको बैठकमा रावल अनुपस्थित भएपछि उनलाई भेट्न नेपाल टोखा पुगेका हुन् ।

    images

    आज बसेको आफू पक्षीय स्थायी कमिटी नेताहरूको बैठकमा रावल सहभागी नभएपछि नेपाल रावललाई भेट्न पुगेका हुन् । सांसद पदबाट राजीनामा दिएर एमालेका दुवै पक्षसँग असहमति राखेका रावल माधव नेपालका मुख्य सहयोगी थिए । तर, नेपालले आफ्नो आग्रह नमानी शेरबहादुर देउवालाई विश्वासको मत दिएपछि रावल असन्तुष्ट भएर राजीनामा दिइसकेका छन् । यद्यपि उनको राजीनामा स्वीकृत भइसकेको छैन ।


    साउन २ गते प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिनुअघि नै सांसद पदबाट राजीनामा दिएका रावल एमालेका नेपालसँग रुष्ट छन् । पार्टी अध्यक्ष ओली पार्टी एकताका लागि तयार रहँदा पनि नेपाल नै चिढिएपछि एकता भङ्ग भएको रावलले बताएका छन् ।

    images