शुक्रबार, श्रावण २९ गते २०८३
images
images

नवनियुक्त दुई मन्त्रीले लिए शपथ

एक्सप्रेस पाना
कार्तिक ९, २०८२ आइतबार
  • 262
    SHARES
  • नवनियुक्त दुई मन्त्रीले लिए शपथ

    काठमाडौं । नवनियुक्त दुई मन्त्रीले शपथ ग्रहण गरेका छन् । 

    images

    राष्ट्रपति निवास शितलनिवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले शपथ ग्रहण गराएका हुन् । जसमा सुधा गौतमले स्वास्थ्य तथा जनसंख्या मन्त्री र बब्लु गुप्ताले युवा तथा खेलकुद मन्त्रीको शपथ लिएका हुन् ।

    मन्त्री नियुक्तिको लागि तयार पारिएका अर्का दुई जनाको भने शपथ रोकिएको छ । भूमि सुधार मन्त्रीमा सिफारिस भएका गणपतिलाल श्रेष्ठ र श्रममन्त्रीमा सिफारिस भएका खगेन्द्र सुनारको शपथ रोकिएको हो ।

    images

    श्रममन्त्रीमा सिफारिस भएका सुनारको र भूमि सुधार मन्त्रीमा सिफारिस भएका श्रेष्ठको अनेक काण्ड प्रमाणसहित बाहिर आउन थालेपछि अन्तिम समयमा आएर उनीहरुको शपथग्रहण ‘होल्ड’ गरिएको हो ।

  • सम्बन्धित विषय:

  • # सुधा गौतम
  • # बब्लु गुप्ता