काठमाडौं । त्रिदेशीय अन्तराष्टिय मैत्रीपूर्ण फुटबल खेलमा भारतलाई हराउँदै नेपाल विजयी भएको छ ।
सोमबार साझँ भएको खेलमा नेपालले भारतलाई १-२ गोलले हराएको हो । नेपालको लागि कप्तान सावित्रा भण्डारी 'साम्बा' ले दुवै गोल गरेकी हुन् ।
त्रिदेशीय प्रतियोगितामा इरान च्याम्पियन भइसकेको छ। इरानले नेपाललाई ३–० र भारतलाई २–० हराएको थियो ।


