शुक्रबार, श्रावण २९ गते २०८३
images
images

कर्णाली याक्सको सह-प्रायोजकमा एसियन पेन्ट्स

एक्सप्रेस पाना
कार्तिक ११, २०८२ मंगलबार
  • 294
    SHARES
  • कर्णाली याक्सको सह-प्रायोजकमा एसियन पेन्ट्स

    काठमाडौं । कर्णाली याक्स स्पोर्टस प्रा.लीले एसियन पेन्ट्सलाई सह–प्रायोजकको रुपमा भित्राएको छ । 

    images

    मंगलबार काठमाडौंको याक एण्ड यति होटलमा कर्णाली याक्सका निर्देशक गृहेन्द्र घिमिरे र एसियन पेन्ट्स मार्केटिङ सहायक प्रवन्धक  आस्था सत्यालले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । 

    यो सम्झौता दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को लागि हो । सम्झौता कार्यक्रममा एसियन पेन्ट्सको तर्फबाट मार्केटिङ सहायक प्रवन्धक अङ्किता श्रेष्ठको पनि उपस्थिति रहेको थियो । 

    images

    निर्देशक घिमिरेले पेन्ट्ससंग जोडिदा खुसी भएको बताउदै दोस्रो सस्करणको तयार रहेको बताए ।

    एसियन पेन्ट्स नेपालका अन्तर्राष्ट्रिय पेन्टहरु उत्पादन गर्ने एक प्रमुख उत्पादक हो  । एसियन पेन्ट्सका उत्पादनहरु नेपालमा सबैभन्दा बढी रुचाइएको छ । एसियन पेन्ट्सले आफ्नो बजार एसियासँगै अफ्रिका, मिडल इष्ट, साउथ प्यासिफिक र साउथ प्यासिफिकमा पनि बिस्तार गरेको छ । 

    यसअघि कर्णाली याक्सले हस्पिटालिटी पार्टनरमा काठमाडौको होटल याक एण्ड यति, नेबिको र प्लम्बर पाइप्ससँग सम्झौता गरेको छ । कर्णाली याक्सले ट्रफी टुर कर्णाली प्रदेशका विभिन्न शहर, धार्मिक स्थल र पर्यटकीय क्षेत्रमा २ नोभेम्बर र ट्यालेन्ट हन्ट ५ नोभेम्बरमा आयोजना गर्दैछ । 

    २०८१ मंसिर १५ गतेदेखि पुस ६ गते सम्म भएको पहिलो संस्करणमा कर्णाली याक्सले दोस्रो क्वालिफायरसम्मको यात्रा तय गरेको थियो । दोस्रो संस्करणमा पनि कर्णालीले ज्ञानेन्द्र मल्ललाई नै प्रशिक्षकमा निरन्तरता दिएको छ । टोलीको  कन्सल्ट्यान्ट प्रशिक्षकमा राजु बस्नेत छन् । 

    कर्णाली याक्सले मार्की खेलाडी सोमपाल कामीसँगै गुल्सन झा, नन्दन यादव, विपिनप्रसाद शर्मा, दीपेन्द्र रावत, अर्जुन घर्ती र युनिससिंह ठकुरीलाई रिटेन गरेको छ । अक्सनबाट पवन सर्राफ, युवराज खत्री, इमरान शेख र दीपक डुम्रेलाई अनुबन्ध गरेको थियो ।

    यस्तै, कर्णालीले तीन विदेशी खेलाडी अनुबन्ध गरिसकेको छ । कर्णालीले अस्ट्रेलियाका विलियम बासिष्टोसँग सम्झौता नवीकरण गर्दा जेम्स वाट र म्याक्स ओ डाउडलाई अनुबन्ध गरेको हो । वाट र डाउडले पहिलो पटक एनपिएल खेल्दैछन् ।

  • सम्बन्धित विषय:

  • # एनपिएल
  • # कर्णाली याक्स