काठमाडौं । नेपाली महिला फुटबल टोलीले भारतलाई हराउँदै लगातार दोस्रो जित निकालेको छ ।
बुधबार भएको दोस्रो मैत्रीपूर्ण खेलमा नेपालले भारतलाई पेनाल्टी सुटआउटमा ३-० ले पराजित गरेको हो । ९० मिनेटको खेलमा बराबर १-१ गोल भएपछी खेल पेनाल्टीमा गएको हो ।
यसअघि नेपालले भारतलाई २-१ गोल अन्तरले पराजित गरेको थियो ।


