आइतबार, भाद्र २८ गते २०८३
images

विश्वकप लिग–२ : नेपाल युएईसंग पराजित

एक्सप्रेस पाना
कार्तिक १३, २०८२ बिहीबार
  • 295
    SHARES
  • विश्वकप लिग–२ : नेपाल युएईसंग पराजित


    काठमाडौं । आइसीसी विश्वकप क्रिकेट लिग–२ मा नेपाललाई ५ विकेटले हराउँदै युएई विजयी भएको छ । 

    images

    २३४ रनको लक्ष्य पछाएको युएईले ४३.३ ओभरमा ५ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको हो । 

    त्यसैगरी नेपाली बलर सन्दीप लामिछानेले २ विकेट लिए भने करण केसी र दिपेन्द्र सिंह ऐरीले एक-एक विकेट लिएका थिए ।

    images

    यसअघि टस जितेर युएईविरुद्ध पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा सबै विकेट गुमाउँदै २३३ रन बनाएको थियो । 

    नेपालका लागी कप्तान रोहित पौडेलले शतक बनाउँदै १०९ रन बनाए । त्यसैगरी आसिफ सेखले ३५ रन बनाउँदा आरिफले २७ रन बनाए भने दिपेन्द्र सिंह ऐरीले २३ रन जोडेका थिए ।