शुक्रबार, श्रावण २९ गते २०८३
images
images

कांग्रेस बैंठकअघि डा.कोइरालाले गगन थापा र विश्वप्रकाशसँग गरे छलफल

एक्सप्रेस पाना
कार्तिक १४, २०८२ शुक्रबार
  • 241
    SHARES
  • कांग्रेस बैंठकअघि डा.कोइरालाले गगन थापा र विश्वप्रकाशसँग गरे छलफल

    काठमाडौं । पार्टी भित्र देखिएको गतिरोध अन्त्य गरि नियमित महाधिवेशनको कार्यतालिका ल्याउने बिषयमा नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले आफू निकट पदाधिकारीहरुसँग छलफल गरेका छन् । 

    images

    कोइरालाले आफ्नो सम्पर्क कार्यालय बिशालनगरमा उपसभापति धनराज गुरुङ, महामन्त्रीहरु( गगन थापा र विश्वप्रकाश शर्मा, सहमहामन्त्रीद्धय जीवन परियार र बद्री पाण्डेसँग शुक्रबार बिहान छलफल भएको स्वकीय सचिव दिनेश थपलियाले जानकारी दिए ।
    कांग्रेसको महाधिवेशन तालिकालाई लिएर विवाद चर्किएपछि डा.कोइरालाले सक्रियता जनाएका हुन् । केन्द्रीय कार्यसमितिको बैठक सुरु हुनुअघि कोइरालाले सहजीकरण गरेका हुन् ।

    बैठक १ बजेका लागि तय गरिएको छ । कांग्रेसभित्र महाधिवेशन फागुन २१ को निर्वाचन अघि वा पछि गर्ने भन्ने विषयमा विवाद बढेको छ । 

    images

  • सम्बन्धित विषय:

  • # विश्वप्रकाश शर्मा
  • # शेखर कोइराला
  • # गगन थापा
  • # कांग्रेस बैंठक