काठमाडौं । आईसीसी विश्वकप लिग २ को त्रिकोणात्मक सिरिजमा नेपालले आज अमेरिकासंग खेल्दैछ ।
यो खेल नेपाली समयअनुसार शनिबारबिहान सवा ११ बजे सुरू हुनेछ ।
यस सिरिजमा नेपालले लगातार दुई हार व्यहोरेको छ ।
आइसीसीको एकदिवसीय वरियतामा नेपाल हाल १७औं स्थानमा छ भने अमेरिका १४औं स्थानमा रहेको छ ।


