शुक्रबार, श्रावण २९ गते २०८३
images
images

कांग्रेस बैठक पुनः स्थगित, युवाहरुले गरे विरोध प्रदर्शन

एक्सप्रेस पाना
कार्तिक १६, २०८२ आइतबार
  • 166
    SHARES
  • कांग्रेस बैठक पुनः स्थगित, युवाहरुले गरे विरोध प्रदर्शन

    काठमाडौं । नेपाली कांग्रेसको आइतबार दिउँसो १ बजे बस्ने भनिएको केन्द्रीय समिति बैठक पुनः स्थगित भएको छ । बैठक अन्तिम समयमा आएर स्थगित भएको हो ।, 

    images

    मुख्य सचिव कृष्णप्रसाद पौडेलले आइतबार दिउसो सूचना जारी गर्दै बैठक स्थगित भएको जनाए । ‘नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आजको बैठक स्थगित भएको छ । उक्त बैठक २०८२ कात्र्तिक १८ गते मंगलबार दिउँसो १ः०० बजे पार्टीको केन्द्रीय कार्यालय, बी।पी। स्मृति भवन, बीपी नगर, ललितपुरमा बस्ने भएकाले केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र ७ वटै प्रदेश सभापतिहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिन्छ,’ जारी सूचनामा भनिएको छ । 
    शुक्रबार पनि बस्दै नबसी आजका लागि बैठक तय गरेर स्थगित भएको थियो ।

    यता, कांग्रेसका युवाहरुले पटक पटक केन्द्रीय समितिको बैठक सारिएकोमा विरोध जनाएका छन् । उनीहरुले सानेपा पार्टी कार्यालय अगाडि प्लेकार्ड बोकेर प्रदर्शन गरेका हुन् । 

    images

    उनीहरुले नियमित महाधिवेशन गर्न या तत्काल केन्द्रीय समिति भंग गर्न माग गरे ।  

  • सम्बन्धित विषय:

  • # कांग्रेस बैंठक