शुक्रबार, श्रावण २९ गते २०८३
images
images

भारतले पहिलो पटक जित्यो महिला विश्वकपको उपाधि

एक्सप्रेस पाना
कार्तिक १७, २०८२ सोमबार
  • 196
    SHARES
  • भारतले पहिलो पटक जित्यो महिला विश्वकपको उपाधि

    काठमाडौं । भारतीय महिला क्रिकेट टोलीले इतिहास रच्दै पहिलो पटक महिला एकदिवसीय विश्वकपको उपाधि हात पारेको छ । 

    images

    फाइनल खेलमा भारतले दक्षिण अफ्रिकालाई ५२ रनले पराजित गर्दै ऐतिहासिक जित दर्ता गरेको हो ।

    भारतले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएको थियो । निर्धारित ५० ओभरमा ७ विकेटको क्षतिमा भारतले २९८ रनको चुनौतीपूर्ण योगफल बनायो । 
    जवाफमा दक्षिण अफ्रिकाले राम्रो सुरुवात गरे पनि भारतीय बलरहरूको अनुशासित बलिङ अघि टिक्न सकेन । 

    images

    भारतकी दीप्ति शर्माले बलिङतर्फ उत्कृष्ट प्रदर्शन गर्दै ५ विकेट लिँदै जितमा मुख्य भूमिका खेलिन् । तिनैको कारण दक्षिण अफ्रिकाको मध्यक्रम एकपछि अर्को गर्दै ढलेको थियो ।
    यो उपाधिसँगै भारतले महिला क्रिकेटमा नयाँ इतिहास रचेको छ । यसअघि भारत दुईपटक फाइनल पुगे पनि उपाधिबाट वञ्चित भएको थियो । 
    प्रधानमन्त्री नरेन्द्र मोदीले ट्विटरमार्फत टोलीलाई बधाइ समेत दिएका छन् । 

  • सम्बन्धित विषय:

  • # महिला विश्वकप