शुक्रबार, श्रावण २९ गते २०८३
images
images

गृहमन्त्री अर्यालद्वारा राष्ट्रपतिको निजी निवास निरीक्षण

एक्सप्रेस पाना
कार्तिक १७, २०८२ सोमबार
  • 232
    SHARES
  • गृहमन्त्री अर्यालद्वारा राष्ट्रपतिको निजी निवास निरीक्षण

    काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले सोमबार राष्ट्रपति रामचन्द्र पौडेलको बोहोराटारस्थित निजी निवास निरीक्षण गरेका छन् ।

    images

    गत भदौ २४ गते भएको जेनजी आन्दोलनमा सहभागी आन्दोलनकारीहरुले राष्ट्रपति पौडेलको बोहोराटारस्थित निजी निवासमा तोडफोड आगजनी गरेका थिए । मन्त्री अर्यालले राष्ट्रपति पौडेलको परिवारसँग सल्लाह गरेर क्षतिग्रस्त घरको मर्मतसम्हार गर्ने प्रतिवद्धता व्यक्त गरे ।

    त्यस अवसरमा मन्त्री अर्यालसँगै जिल्ला प्रशासन कार्यालय काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेल, सशस्त्र प्रहरी प्रमुख राजु अर्याललगायतको उपस्थिति थियो ।

    images

    उनीहरुले बालाजु प्रहरी वृत्तको पनि निरीक्षण गरे । जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त भएको प्रहरी वृत्तको स्थानीयको सहकार्यमा पुनःनिर्माण सुरु भएको छ । यद्यपि त्यहाँका प्रहरी प्रमुखले जग्गा स्वामित्वमा नभएको विषय गृहमन्त्री अर्यालसमक्ष राखेका थिए ।

  • सम्बन्धित विषय:

  • # ओमप्रकाश अर्याल