काठमाडौं । हङकङ सुपर सिक्सेस क्रिकेट प्रतियोगितामा भारतलाई हराउँदै नेपाल विजयी भएको छ ।
शनिबार हङकङको मोङकोकस्थित मिसन रोड ग्राउण्डमा भएको खेलमा नेपालले भारतलाई ९२ रनले हराएको हो ।
त्यसैगरी नेपालका लागी रशिद खानले ३ विकेट लिए भने बसिर अहमदले २ र रुपेश सिंहले एक विकेट लिए ।
१३८ रनको लक्ष्य पछाएको भारतले ३ ओरभरमा अलआउट हुदैँ ४५ रन मात्र बनाएको हो ।
यसअघि नेपालले ६ ओभरमा बिना विकेटको क्षतिमा १३७ रन बनाएको थियो । नेपालका लागी रसिद खानले ५५ बनाए भने सन्दीप जोराले ४७ जोडे । त्यसैगरी लोकश बमले ३१ रनको योगदान गरे ।


