शुक्रबार, श्रावण २९ गते २०८३
images
images

राज्यविहीनताको फाइदा उठाएर व्यापारिक क्षेत्रमाथिको आक्रमण स्वीकार्य छैन:प्रधानमन्त्री कार्की

एक्सप्रेस पाना
कार्तिक २२, २०८२ शनिबार
  • 306
    SHARES
  • राज्यविहीनताको फाइदा उठाएर व्यापारिक क्षेत्रमाथिको आक्रमण स्वीकार्य छैन:प्रधानमन्त्री कार्की

    काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राज्यविहीनताको फाइदा उठाउँदै जेनजी आन्दोलनमा सहभागीहरुले औद्योगिक व्यापारिक क्षेत्रमाथि गरेको आक्रमण स्वीकार्य नहुने बताएकी छिन् । 

    images

    शनिबार नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको आर्थिक बहस २.० कार्यक्रममा बोल्दै प्रधानमन्त्री कार्कीले राज्यविहीनताको फाइदा उठाउँदै औद्योगिक व्यापारिक क्षेत्रमाथि गरेको आक्रमण अस्वीकार हुने बताएकी हुन् । उनले निजी क्षेत्रको आत्मविश्वासको जर्गेना गर्न सरकारले कुनै कसुर बाँकी नराख्ने प्रबिद्धता व्यक्त गरिन् ।

    उनले भनिन्,‘पहिलेका भन्दा अहिलेको चुनौती फरक छ । यो आत्मविश्वास र चुनौतीसँग जोडिएको छ । भर्खरैको जेनजी आन्दोलनले नेपाललाई सैह्य हुने छैन् भन्ने कुरा खुला लक्ष्मण रेखा स्थापित गरेको छ । यो युवा पुस्ताको प्रष्ट सन्देश हो । भ्रष्टाचार कमीसनको सञ्जाल सह्य छैन् । लोकतन्त्रको नाममा लुटतन्त्र स्वीकार्य छैन् । नीतिगत चलखेल गर्नेहरु पोषिने अवस्था रहनुहुँदैन् । राज्यविहीनताको फाइदा उठाउँदै औद्योगिक व्यापारिक क्षेत्रमाथि गरेको आक्रमण अस्वीकार छ । निजी क्षेत्रको आत्मविश्वासको जर्गेना गर्न सरकारले कुनै कसुर बाँकी राख्ने छैन् ।’

    images

    त्यस्तै उनले मुलुकको विकासमा निजी क्षेत्रको योगदान कति उल्लेखनीय र मजबुद छ भन्ने कुरा तथ्यांकहरुले बारम्बार प्रमाणित गरिसकेको बताइन् । कूल ग्राहस्थ उत्पादनमा, निर्यातमा, रोजगारी र करदाताका रुपमा निजी क्षेत्रको योगदान सँधै अग्रणी रहने उनको भनाई छ । 
    उनले उद्योगी व्यवसायीहरुलाई आर्थिक समृद्धिको जगका विशाल ढुंगाहरुको परिचय दिएकी गरेकी छिन् । 

    ‘मुलुकको विकासमा निजी क्षेत्रको योगदान कति उल्लेखनीय र मजबुद छ भन्ने हाम्रा तथ्यांकहरुले बारम्बार प्रमाणित गरेका छन् । कूल ग्राहस्थ उत्पादनमा होस् ,निर्यातमा होस् रोजगारी या करदाताका रुपमा निजी क्षेत्रको योगदान सँधै अग्रणी छ । उद्योगी व्यवसायीहरुलाई म आर्थिक समृद्धिको जगका विशाल ढुंगाहरु ठान्दछु । जसमाथि समग्र मुलुकले समृद्धिको धरोहरा अडिने छ ।

    प्रधानमन्त्री कार्कीले निजी क्षेत्रको मागलाई सम्बोधन गर्न सहज वातावरण निर्माणको निरन्तर सहकार्य गरिरहेको स्पष्ट पारिन् । रेमिटेन्सको भरमा मात्र बाच्ने अवस्थाबाट बाहिर निस्केर आफ्नै उत्पादन बढाउने अभियानमा सरकार जुटेको बताउँदै उनले विज्ञहरुको सुझाव अनुसार पुँजीगत खर्चलाई तिब्र बनाउने दावी गरिन् ।

  • सम्बन्धित विषय:

  • # प्रधानमन्त्री
  • # सुशीला कार्की