काठमाडौं । हङकङ सुपर सिक्सेस क्रिकेट प्रतियोगितामा नेपाल युएईसंग पराजित भएको छ ।
आइतबार बिहान हङकङको मोङकोकस्थित मिसन रोड ग्राउण्डमा भएको खेलमा युएईले नेपाललाई ४३ रनले पराजित गरेको हो ।
जितका लागी १३० रनको लक्ष्य पछाएको नेपालले ६ ओभरमा ४ विकेट गुमाउँदै ८६ रन मात्र बनायो ।
यसअघि युएईले ६ ओभरमा अल आउट हुदै १२९ रन बनाएको थियो ।


