शुक्रबार, श्रावण २९ गते २०८३
images
images

गणेशमान सिंहको १११औँ जन्मजयन्ती मनाइँदै

एक्सप्रेस पाना
कार्तिक २४, २०८२ सोमबार
  • 223
    SHARES
  • गणेशमान सिंहको १११औँ जन्मजयन्ती मनाइँदै

    काठमाडौं । २०४६ सालका जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको १११औँ जन्मजयन्ती सोमबार विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ ।
    नेपाली राजनीतिमा त्याग र साहसको उदाहरणका रूपमा रहेका सिंह सबैको निष्ठाको केन्द्र बन्न सफल भएका थिए । 

    images

    विसं २०४६ को जनआन्दोलन सफल भएपछि तत्कालीन राजा वीरेन्द्रले प्रधानमन्त्री बन्न गरेको प्रस्तावमा उनले आफ्ना समकक्षी नेता कृष्णप्रसाद भट्टराईलाई अघि सार्दै नेपाली राजनीतिमा त्यागको उच्च नमूना प्रस्तुत गरेका थिए ।

    १९७२ कात्तिक २४ गते काठमाडौंको क्षेत्रपाटीमा जन्मिएका नेता सिंहको विसं २०५४ असोज २ गते निधन भएको हो । काठमाडौंको खानदानी परिवारमा जन्मिएका सिंहले विसं १९९७ मा स्थापना भएको नेपालको पहिलो राजनीतिक दल प्रजा परिषद्को सदस्य भई राणा शासन हटाउने अभियानमा आफूलाई सक्रिय बनाएका थिए । 

    images

  • सम्बन्धित विषय:

  • # गणेशमान सिंह