एजेन्सी । इटालियन सिरी ए फुटबलमा एसी मिलानले ९ खेलाडीमा सीमित बोलोग्नामाथि सहज जित दर्ता गराएको छ । शनिबार राति भएको खेलमा मिलानले बोलोग्नालाई उसैको मैदानमा ४-२ गोलअन्तरले हराएको हो ।
मिलानको जितमा राफेल लियो, डेभिड कालाब्रिया, स्माइल बेनाकर र ज्लाटान इब्राहिमोभिकले १/१ गोल गरे । बोलोग्नाका मुसा ब्यारोले १ गोल गरे । बोलोग्नाले एउटा आत्मघाती गोल उपहारमा पाएको थियो । मिलानका इब्राहिमोकिले आफ्नै पोस्टमा गोल गरेका थिए ।
उक्त जितसँगै मिलान शीर्ष स्थानमा उक्लियो । उसले ९ खेलमा २५ अंक जोडेको छ । बोलोग्ना भने १२ अंकका साथ ९औं स्थानमा छ ।


