आइतबार, भाद्र २८ गते २०८३
images

मैत्रीपूर्ण क्रिकेट शृङ्खलामा नेपाली महिला टिमले आज राजस्थानसँग प्रतिस्पर्धा गर्दै

एक्सप्रेस पाना
कार्तिक २७, २०८२ बिहीबार
  • 229
    SHARES
  • मैत्रीपूर्ण क्रिकेट शृङ्खलामा नेपाली महिला टिमले आज राजस्थानसँग प्रतिस्पर्धा गर्दै

    काठमाडौं । भारतमा आजबाट सुरु हुने मैत्रीपूर्ण क्रिकेट शृङ्खलामा नेपाली महिला टिमले आज पहिलो खेलमा राजस्थानसँग प्रतिस्पर्धा गर्ने भएको छ । 

    images

    भारतमा ६ वटा मैत्रीपूर्ण क्रिकेट शृङ्खला खेल्न लागेको नेपाली टिम आज राजस्थानसँग प्रतिस्पर्धा गर्न लागेको हो । 

    कप्तान इन्दु बर्माको कप्तानीमा नेपाली टिम भारतका तीन टिमसँग दुईदुई खेल खेल्दैछ । आज सुरु भएको खेल नोभेम्बर १९ तारिखसम्म चल्नेछ । नेपाली टिमले भारतको उत्तराखण्ड, बंगाल र राजस्थानका महिला क्रिकेट टिमसँग प्रतिस्पर्धा गर्ने छ । 

    images

    नेपाली टिममा कप्तान बर्मासँगै कविता कुँवर, सना प्रवीण, रुबिना क्षेत्री, अलिसा यादव, ईश्वरी विष्ट, रोमा थापा, आश्मिा कर्माचार्य, सबनम राई, बिन्दु रावल, पूजा महतो, लक्ष्मी साउद, मनीषा उपाध्याय, सिमाना केसी, ममता चौधरी रहेका छन्।

  • सम्बन्धित विषय:

  • # मैत्रीपूर्ण क्रिकेट