काठमाडौं । मैत्रीपूर्ण फुटबल खेलमा नेपाल र बंगलादेश बराबरीमा रोकिएको छ ।
बिहिबार बंगलादेशको ढाकामा भएको खेल २-२ गोलको बराबरीमा सकिएको हो ।
खेलको २९औँ मिनेटमा नेपालका रोहित चन्दले गोल गर्दै अग्रता लिए भने त्यसपछि दोस्रो हाफको सुरुमा २ गोल गर्दै बंगलादेश खेलमा फर्कियो। खेलको अन्तिम क्षणमा नेपालका अनन्त तामाङले अतिरिक्त समयमा गोल फर्काउँदै टोलीलाई बराबरी दिलाए।
नेपालले अब अर्को खेल एएफसी एशियन कप छनौट अन्तर्गत नोभेम्बर १८ मा मलेसियाविरुद्ध खेल्ने तालिका रहेको छ ।


