काठमाडौं । मंसिर १ गतेदेखि सुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणमा भारतका चर्चित कमेन्टेटर आकाश चोपडाले कमेन्ट्री गर्ने भएका छन्।
नेपाल क्रिकेट संघ (क्यान)ले उनलाई कमेन्टेटरको रूपमा समावेश गरिएको जानकारी दिएको हो। भारतका पूर्व अन्तर्राष्ट्रिय क्रिकेटर समेत रहेका आकाश चोपडा पछिलो समय कमेन्ट्रीबाट निकै लोकप्रिय छन्।
क्रिकेटबाट अवकाश लिएपछि उनले स्टार स्पोर्ट्स, जिओसिनेमासहितका प्रमुख प्रसारण माध्यमहरूमा कमेन्ट्री र विश्लेषण गर्दै आएका छन्।
उनको आगमनले एनपीएल–२ को कमेन्ट्री प्यानललाई अझै आकर्षक र अन्तर्राष्ट्रिय स्तरको बनाउने अपेक्षा गरिएको छ। क्यानले यसअघि चर्चित अस्ट्रेलियन प्रजेन्टर जेस क्रोलाई पनि अनुबन्ध गरिसकेको छ ।


