काठमाडौं । नेपाल प्रहरीले कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (टीयू) मैदान वरिपरि अनावश्यक भिडभाड नगर्न आग्रह गरेको छ।
सोमबारदेखि सुरु हुन लागेको नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणका खेलका कारण सो क्षेत्रमा भीड बढ्ने भएकाले सुरक्षा व्यवस्थालाई सहज बनाउन प्रहरीको यस्तो आग्रह आएको हो।
आज हुने खेलका सबै टिकट बिक्री भइसकेका कारण पनि दर्शकहरूको ठूलो भीड रहने अनुमान गरिएको छ। त्यसैले टीयू मैदान आसपासको क्षेत्रमा आवश्यक कार्यबाहेक जमघट नगर्न प्रहरीले सर्वसाधारणलाई अनुरोध गरेको छ।




