काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणको उद्घाटन खेलमा जनकपुर बोल्ट्सलाई ५ विकेटले हराउँदै काठमाडौं गोर्खाज विजयी भएको छ ।
सोमबार टीयू क्रिकेट मैदानमा भएको खेलमा १३१ रनको लक्ष्य पछाएको काठमाडौंले १८ ओभरमा ५ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको हो ।
काठमाडौँको लागी बेन चार्लेजवर्थले सर्बाधिक ४६ रन बनाए भने आकाश त्रिपाठीले ३९ रन बनाए । त्यस्तै मिलिन्द कुमारले १९ रन बनाउँदा जोन सिम्पसनले १३ रन बनाए ।
यसअघि जनकपुरले २० ओभरमा ६ विकेट गुमाउँदै १३० रन बनाएको थियो ।
मंगलबार चितवन राइनोज र कर्णाली याक्सले पहिलो प्रतिस्पर्धा गर्नेछन् भने दोस्रो खेलमा विराटनगर किंग्स र पोखरा एभेन्जर्स भिड्नेछन् ।



