शुक्रबार, श्रावण २९ गते २०८३
images
images

एनपीएलमा आज दुई रोचक भिडन्त:चितवन र कर्णाली तथा विराटनगर र पोखराबीच प्रतिस्पर्धा

एक्सप्रेस पाना
मंसिर २, २०८२ मंगलबार
  • 179
    SHARES
  • एनपीएलमा आज दुई रोचक भिडन्त:चितवन र कर्णाली तथा विराटनगर र पोखराबीच प्रतिस्पर्धा

    काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तरगत आज दुई रोचक खेल हुँदैछन् ।  

    images

    मंगलबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा हुने पहिलो खेलमा  चितवन राइनोज र कर्णाली याक्स प्रतिस्पर्धा गर्ने भएका छन् । खेल बिहान ११ः४५ बजे हुनेछ । 
    यस्तै आज हुने दोस्रो खेलमा विराटनगर किंग्स र पोखरा एभेन्जर्स भिड्नेछन् । यी दुई टिम अपरान्ह ४ बजे भिड्नेछन् । 

    चितवन राइनोजको नेतृत्व कुशल मल्लले गर्नेछन् भने कर्णाली याक्सको कप्तानी सोमपाल कामीले गर्नेछन् । त्यसैगरी, विराटनगर किंग्स सन्दीप लामिछानेको कप्तानी टिम हो भने पोखरा एभेन्जर्सका कप्तान कुशल भुर्तेल हुन् । 

    images

    सोमबार भएको खेलमा साविक विजेता जनकपुर बोल्ट्सलाई पाँच विकेटले पराजित गर्दै काठमाडौं गोर्खाजले उत्कृष्ट सुरुआत गरिसकेको छ भने सोसँगै काठमाडौंले अंकतालिकामा दुई अंक समेत जोडेको छ ।

    मंसिर १ गतेदेखि सुरु भएको एनपीएलको यो प्रतियोगिता मंसिर २७ सम्म हुनेछ । 

  • सम्बन्धित विषय:

  • # कर्णाली याक्स
  • # एनपीएल
  • # विराटनगर किंग्स