काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करण अन्तरर्गत मंगलबारको पहिलो खेलमा कर्णाली याक्सले चितवन राइनोजलाई १६७ रनको लक्ष्य दिएको छ ।
मंगलबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा जारी खेलमा कर्णालीले २० ओभरमा ३ विकेट गुमाउँदै १६६ रन बनाएको हो ।
कर्णालीका लागी प्रियांक पंचलले सर्बाधिक ९० रन बनाए । त्यसैगरी सराफले २७ रन बनाए भने मार्क वाटले १६ रन जोडे ।
चितवनका रवि बोपारा, सैफ अली जैब र सोहेल तनभीरले एक-एक विकेट लिए ।



