शुक्रबार, श्रावण २९ गते २०८३
images
images

एनपीएल सिजन २:कर्णाली याक्समाथी चितवन राइनोजको रोमाञ्चक जित

एक्सप्रेस पाना
मंसिर २, २०८२ मंगलबार
  • 325
    SHARES
  • एनपीएल सिजन २:कर्णाली याक्समाथी चितवन राइनोजको रोमाञ्चक जित

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणमा कर्णाली याक्सलाई हराउँदै चितवन राइनोज विजयी भएको छ ।

    images

    मंगलबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा भएको खेलमा चितवन राइनोजको कर्णालीलाई ४ विकेटले हराएको हो ।  १६७ रनको लक्ष्य पछाएको चितवनले १९.१ ओभरमा ६ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको हो । 

    चितवनको जितमा रवि बोपाराले ५२ रन बनाए भने दीपक बोहोराले ४२ रन बनाउँदा सैफ जैबले ३८ रन जोडे । 

    images

    यसअघि टस हारेर पहिला व्याटिङ गरेको कर्णालीले कर्णालीले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा १६६ रन बनाएको थियो ।

    कर्णालीका लागी प्रियांक पंचलले सर्बाधिक ९० रन बनाए । त्यसैगरी सराफले २७ रन बनाए भने मार्क वाटले १६ रन जोडे । 

    चितवनका रवि बोपारा, सैफ अली जैब र सोहेल तनभीरले एक(एक विकेट लिए ।

     



  • सम्बन्धित विषय:

  • # कर्णाली याक्स
  • # चितवन राइनोज