काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणमा पोखरा एभेन्जर्सलाई हराउँदै विराटनगर किंग्सले विजयी सुरुवात गरेको छ ।
मंगलबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा भएको खेलमा पोखरालाई ५३ रनले हराउँदै विराटनगर किंग्स विजयी भएको हो ।
२२१ रनको लक्ष्य पछाएको पोखराले १८.५ ओभरमा अलआउट हुदैँ १६७ रन मात्र बनायो । पोखराको लागी कुशल भुर्तेलले ५९ रन बनाए ।
यसअघि विराटनगर किंग्सले २० ओभरमा ६ विकेट गुमाउँदै २२० रन बनाएको थियो ।
विराटनगरका लागी सर्वाधिक लोकेश बमले ७२ रन बनाए भने मार्टिन गप्टीलले ६१ रन बनाए ।



