शुक्रबार, श्रावण २९ गते २०८३
images
images

नेपाल प्रिमियर लिग:आज काठमाडौं गोर्खाज र सुदूरपश्चिम रोयल्स भिड्दै

एक्सप्रेस पाना
मंसिर ३, २०८२ बुधबार
  • 187
    SHARES
  • नेपाल प्रिमियर लिग:आज काठमाडौं गोर्खाज र सुदूरपश्चिम रोयल्स भिड्दै

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज काठमाडौं गोर्खाज र सुदूरपश्चिम रोयल्स भिड्ने भएका छन् । 

    images

    बुधबार त्रिवि क्रिकेट मैदानमा दिउँसो ४ बजे सुरु हुने खेलमा काठमाडौं र सुदूरपश्चिम प्रतिस्पर्धा गर्न लागेका हुन् । 

    सोमबारको उद्घाटन खेलमा जनकपुरलाई पाँच विकेटले हराउँदै विजयी भएको काठमाडौं आज दोस्रो खेल खेल्दैछ । काठमाडौंका कप्तानी करण केसीले गरिरहेका छन् भने सुदूरपश्चिमको कप्तान अलराउन्डर दीपेन्द्रसिंह ऐरी हुन् । 

    images

    काठमाडौंले अंक तालिकामा दुई अंक जोडिसकेको छ । यस टिमको प्रशिक्षक मोन्टी देसाइले गरिरहेका छन् । 

    एनपीएलको यस सिजनमा जनकपुर, सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स, विराटनगर किंग्स, चितवन राइनोज, काठमाडौं गोर्खाज र लुम्बिनी लायन्स गरी आठ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्दैछन् । 

  • सम्बन्धित विषय:

  • # सुदूरपश्चिम रोयल्स
  • # काठमाडौं गोर्खाज