काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको खेलमा काठमाडौं गोर्खाज सुदूरपश्चिम रोयल्सविरुद्ध पहिले बलिङ गर्दै छ ।
बुधबार त्रिवि क्रिकेट मैदानमा हुने यस खेलमा काठमाडौंले टस जितेर सुदूरपश्चिमविरुद्ध पहिले बलिङ गर्ने निर्णय गरेको हो ।
उद्घाटन खेलमा जनकपुरलाई पाँच विकेटले हराउँदै विजयी भएको काठमाडौं आज दोस्रो खेल खेल्दैछ । काठमाडौंका कप्तानी करण केसीले गरिरहेका छन् भने सुदूरपश्चिमको कप्तान अलराउन्डर दीपेन्द्रसिंह ऐरी हुन् ।



