काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत काठमाडौं गोर्खाजलाई हराउँदै सुदूरपश्चिम रोयल्सले विजयी सुरुवात गरेको छ ।
बुधबार त्रिवि क्रिकेट मैदानमा भएको खेलमा काठमाडौंलाई २९ रनले हराउँदै सुदूरपश्चिमले जित निकालेको हो ।
१४८ रनको लक्ष्य पछाएको काठमाडौं १६.५ ओभरमा अलआउट हुदैँ ११८ रनमा समेटिएको हो । काठमाडौँका लागि आकाश त्रिपाठीले सर्बाधिक ३४ रन बनाए भने जोन साम्पसनले २४ र सन्नी पटेलले १० रन बनाए ।
यसअघि सुदूरपश्चिमले २० ओभरमा अलआउट हुदैँ १४७ रन बनाएको थियो ।
सुदूरपश्चिमका कप्तान दिपेन्द्रसिंह ऐरीले ३० बलमा तीन चौका र एक छक्काको सहयोगमा ३९ रन बनाएर आउट भएका थिए । त्यस्तै हर्मित सिंहले १९ बलमा ५० रन पूरा गरेर अर्धशतक बनाएका थिए ।



