काठमाडौं । एनपीएल दोस्रो संस्करणमा चितवन राइनोजले लुम्बिनी लायन्सलाई १४३ रनको लक्ष्य दिएको छ ।
बिहिबार त्रिवि क्रिकेट मैदानमा जारी खेलमा चितवन राइनोजले २० ओभरमा ७ विकेट गुमाउँदै १४२ रन बनाएको हो ।
चितवनका लागि रवि बोपाराले सर्बाधिक ६६ रन बनाए भने कप्तान कुशल मल्लले २१, सैफ जैबले १५ र देव खनालले १४ रन बनाए ।



