काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणमा चितवन राइनोजलाई हराउँदै लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको छ ।
बिहिबार त्रिवि क्रिकेट मैदानमा भएको खेलमा चितवन राइनोजलाई ६ विकेटले हराउँदै लुम्बिनी विजयी भएको हो ।
१४३ रनको लक्ष्य पछाएको लुम्बिनी लायन्सले १८.३ ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको हो । लुम्बिनीका लागि गुलबदीनले ४४ रन बनाए भने कप्तान रोहित पौडेलले ३९ रन बनाउदा सन्दीप जोराले २८ रन बनाए ।
यस अघि चितवन राइनोजले २० ओभरमा ७ विकेट गुमाउँदै १४२ रन बनाएको थियो ।
चितवनका लागि रवि बोपाराले सर्बाधिक ६६ रन बनाए भने कप्तान कुशल मल्लले २१, सैफ जैबले १५ र देव खनालले १४ रन बनाए ।



