शुक्रबार, श्रावण २९ गते २०८३
images
images

प्रधानमन्त्री कार्कीको केही दिनभित्र राजीनामा आउँछ:महेश बस्नेत

एक्सप्रेस पाना
मंसिर ५, २०८२ शुक्रबार
  • 169
    SHARES
  • प्रधानमन्त्री कार्कीको केही दिनभित्र राजीनामा आउँछ:महेश बस्नेत

    काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले सुशीला कार्की(सुशीला आमा) लाई राजनीतिक जीवनबाट ‘टाटा बाई–बाई’ गराएर पठाउनुपर्ने बताएका छन् । 

    images

    पार्टीको नेसनल युथ भोलेन्टियर फोर्स घोषणा सभालाई सम्बोधन गर्दै उनले सुशीला आमालाई राजनीतिक जीवनबाट टाटा बाई बाई गराउनुपर्ने भन्दै उनलाई छोरा–छोरीसँग बेलायत गएर आफ्नो बिरामी पति र आफ्नो समेत उपचार गरेर आरामदायी जीवन बिताउन पनि भनेका छन् । 

    उनले भने, ‘भोली ११ बजे भृकुटिमण्डपमा हामी प्रस्तुत हुँदैछौं । विभिन्न उपत्यका आसपासका जिल्लाहरुबाट आएका एमालेका ६० हजारभन्दा बढी नेता कार्यकर्ता  भृकुटीमण्डपमा जम्मा गर्दैछौ । सुशीला आमालाई राजनीतिक जीवनबाट टाटा बाई बाई गराएर छोराछोरीसँग बेलायत गएर आफ्नो बिरामी पति र आफ्नो समेत उपचार गरेर आरामदायी जीवन बिताए हुन्छ ।’

    images

    यस्तै, उनले रिटायर जीवन शानदार तरिकाले बेलायतमा गएर विताउन सुझाव दिंदै उनले राजनीतिमा अचानो नबन्न प्रधानमन्त्रीलाई आग्रह गरेका हुन् । 

    उनले भने, ‘राजनीतिले मलाई अचानो बनायो भनि रहनु भएको छ । विचरा आमै अचानो नबन्नुहोला ।  रिटायर जीवन शानदार तरिकाले बेलायतमा गएर बिताउनु होला । उतै छोराछोरीको सेवा गर्नु । सरकार चलाउने काम राजनीति दलहरुले गर्ने हो । राजनीति नेताहरुले गर्ने हो, तपाई उतै जानुस ।’

    उनले प्रधानमन्त्री कार्कीले दुई तिन दिनभित्र राजीनामा दिने दाबी पनि गरे । उनले काठमाडौं महानगरका मेयर बालेन शाहले स्टाटस लेखेर देशलाई सङ्कटमा पु¥याउन खोजे पनि अब नेसनल युथ भोलेन्टियर फोर्सले रक्षा गर्ने बताए ।

  • सम्बन्धित विषय:

  • # महेश बस्नेत
  • # सुशीला कार्की