काठमाडौं । दोस्रो संस्करणको एनपीएलमा पोखरा एभेन्जर्सलाई हराउँदै सुदूरपश्चिम रोयल्स विजयी भएको छ ।
शुक्रबार त्रिवि क्रिकेट मैदानमा जारी खेलमा पोखरालाई १८ रनले हराउँदै सुदूरपश्चिमले जित निकालेको हो । १९४ को लक्ष्य पछाएको पोखराले २० ओभरमा ८ विकेट गुमाउँदै १७५ रन मात्र बनाएको हो ।
पोखराको लागी कुशल भुर्तेलले ५३ रन बनाए भने जिम्मी निशामले ४७ रन बनाउँदा डान डोउथवेटले ३७ रन जोडे ।
यसअघि सुदूरपश्चिमले २० ओभरमा ७ विकेट गुमाउँदै १९३ रन बनाएको थियो ।



