काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा आज दुई खेल हुदैछन् ।
शनिबार टियु क्रिकेट मैदानमा हुने पहिलो खेल कर्णाली याक्स र लुम्बिनी लायन्सबीच बिहान सवा ११ बजेदेखि हुदैछ । जारी एनपीएलमा लुम्बिनी लायन्सले आफ्नो पहिलो खेलमा जित निकालेको छ भने कर्णाली याक्सले पहिलो खेलमा हार व्यहोरेको छ ।
त्यसैगरी दोस्रो खेलमा काठमाडौँ गोर्खाज र विराटनगर किंग्सवीच हुदैछ । यो खेल शनिबार दिउसो साढे ३ बजेदेखि शुरु हुनेछ । २ खेल खेलेको काठमाडौँ गोर्खाजले एक जित र एक हार व्यहोरेको छ भने एक खेल खेलेको विराटनगरले आफ्नो पहिलो जित हासिल गरेको छ ।



