काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा लुम्बिनी लायन्सले कर्णाली याक्सलाई १५७ रनको लक्ष्य दिएको छ ।
शनिबार टियु क्रिकेट मैदानमा जारी खेलमा लुम्बिनीले २० ओभरमा ८ विकेट गुमाउँर्दै १५६ रन बनाएको हो ।
लुम्बिनी लगातार दोस्रो जितको दाउमा छ । लुम्बिनीले पहिलो खेलमा चितवनलाई ६ विकेटले हराएको थियो । यता कर्णाली भने पहिलो जितको खोजीमा छ ।



