काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो सस्करणमा लुम्बिनी लायन्सलाई हराउँदै कर्णाली याक्स विजयी भएको छ ।
शनिबार टियु क्रिकेट मैदानमा भएको खेलमा लुम्बिनीलाई ९ विकेटले हराउँदै कर्णाली याक्स विजयी भएको हो ।
१५७ रनको लक्ष्य पछाएको कर्णालीले १२.२ ओभरमा १ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको हो ।
कर्णालीका लागी मार्क वाटले सेन्चुरि बनाएका छन् । उनले ६ चौका र १२ छक्काको मद्दतमा नटआउट रहदैँ ११४ रन बनाएका हुन् । यो दोस्रो सस्करणमा पहिलो सेन्चुरि हो ।
यसअघि ब्याटिङमा उत्रेको लुम्बिनी लायन्सले निर्धारित २० ओभरको खेलमा ८ विकेट गुमाउदै १५६ रन बनाएको थियो ।



