काठमाडौं । त्रिदेशिय अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्ने राष्ट्रिय महिला फुटबल टोलीको बिदाइ गरिएको छ ।
नेपाल फुटबल संघ(एन्फा) ले राष्ट्रिय महिला टोलीलाई आइतबार बिदाई गरेको हो ।
नोभेम्बर २६ देखि सुरु हुने प्रतियोगितामा नेपाल, इन्डोनेसिया र चाइनिज ताइपेइले प्रतिस्पर्धा गर्दैछन्।
इन्डोनेसिया र चाइनिज ताइपेई विरुद्धमैत्रीपूर्ण खेल खेल्न नेपाली टोली इन्डोनेसिया प्रस्थान गरेको छ।




