शुक्रबार, श्रावण २९ गते २०८३
images
images

विराटनगर विमानस्थलमा एमाले नेता महेश बस्नेतमाथि आक्रमणको प्रयास,दुई युवक पक्राउ

एक्सप्रेस पाना
मंसिर ७, २०८२ आइतबार
  • 138
    SHARES
  • विराटनगर विमानस्थलमा एमाले नेता महेश बस्नेतमाथि आक्रमणको प्रयास,दुई युवक पक्राउ

    काठमाडौं । पूर्वमन्त्री तथा सांसद महेश बस्नेतमाथि विराटनगर विमानस्थलमा आक्रमणको प्रयास भएको छ ।

    images

    आज इटहरीमा आयोजित युवा संघ कोशी प्रदेशस्तरिय जनजागरण अभियानमा सहभागी हुन श्री एयरको उडानमार्फत विमानस्थल आइपुगेका बेला दुई युवाले बेलुनको लोला हान्दै दुव्र्यवहार गर्न खोजेका थिए ।

    घटनापछि सुरक्षाकर्मीहरूले तत्काल नियन्त्रणमा लिएर अवस्था सामान्य पारेको मोरङ प्रहरीले जनाएको छ । पक्राउ परेका युवाहरू विराटनगर–२ का १९ वर्षीय अर्पित कुँवर र विराटनगर–१ का २५ वर्षीय संयोग गौतम रहेको प्रहरी स्रोतले पुष्टि गरेको छ ।

    images

    विमानस्थलमा खटिएका प्रहरी अधिकृतका अनुसार आक्रमणको प्रयास भए पनि बस्नेतलाई कुनै प्रकारको शारीरिक क्षति पुगेको छैन । घटनापछि विमानस्थल तथा इटहरीस्थित कार्यक्रमस्थल दुवै ठाउँमा सुरक्षाव्यवस्था कडा बनाइएको छ ।

    बस्नेत भने आफ्नो तोकिएको कार्यक्रमका लागि इटहरीतर्फ प्रस्थान गरिसकेका छन् । इटहरीमा दिउँसो १ बजे कार्यक्रम रहेको छ ।

  • सम्बन्धित विषय:

  • # महेश बस्नेत