शनिबार, भाद्र २७ गते २०८३
images

भेट्रान्स फुटबल : जुमानु राईको दुई गोलमा खुमलटार विजयी

एक्सप्रेस पाना
कार्तिक ७, २०७८ आइतबार
  • 887
    SHARES
  • भेट्रान्स फुटबल : जुमानु राईको दुई गोलमा खुमलटार विजयी

    कात्तिक ७ काठमाडौं । राष्ट्रिय फुटबल टोलीका सदस्य जुमानु राईको दुई गोल प्रेरित एफई खुमलटार भेट्रान्स क्लबले मेयर कप भेट्रान्स फुटबल प्रतियोगितामा ललितपुर वार्ड नम्बर-१४ लाई पराजित गरेको छ । 

    images

    आइतबार बिहान त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा खुमलटारले लतिलपुर वार्ड नम्बर-१४ लाई ४-१ गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको हो । ललितपुरको लागि जुमानुले दुई गोल गरे । यस्तै राजकुमार घिरिङ र रितेश खड्काले १/१ गोल गरे । खुमलटारका विनोद खड्कीले आत्मघाती गोल गरे । 

    शहीद स्मारक ए डिभिजन लिगमा नेपाल पुलिस क्लबको कप्तानसमेत रहेका जुमानु खेलको म्यान अफ दि म्याच जुमानु राई घोषित भए ।

    images

    प्रतियोगितामा सहभागी २१ टिमलाई सात समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहका विजेता र एक उत्कृष्ट उपविजेता टिमले दोस्रो चरणमा स्थान बनाउनेछन् ।

    प्रतियोगिताको विजेताले पाँच लाख र उपविजेताले दुई लाख ५० हजार पाउने छन् ।