बुधबार, श्रावण १३ गते २०८३
images
images

रामेछापमा आयुर्वेदिक उपचारप्रति बढ्दो आकर्षण

एक्सप्रेस पाना
मंसिर ७, २०८२ आइतबार
  • 147
    SHARES
  • रामेछापमा आयुर्वेदिक उपचारप्रति बढ्दो आकर्षण

    काठमाडौं । ग्रामीण क्षेत्रमा सञ्चालन हुने आयुर्वेदिक उपचार शिविरमा समेत ठूलो सङ्ख्यामा सेवा लिनेहरूको भीड लागेको देखिन्छ । 

    images

    उक्त उपचार पद्धतिप्रति बढ्दो आकर्षणलाई ध्यानमा राखी आयुर्वेद तथा वैकल्पिक चिकित्सालय रामेछापले गाउँ गाउँमा स्वास्थ्य शिविर सञ्चालन गर्न लागेको छ । ती शिविरमा सेवा लिन आउने मानिसहरूको बिहानदेखि साँझसम्म भीड लाग्ने गरेको छ । 

    उमाकुण्ड गाउँपालिकाको सहकार्यमा सो गाउँपालिकाको केन्द्र प्रतिमा सञ्चालन गरेको शिविरमा एकै दिन तीनसय जनाले स्वास्थ्य सेवा लिएका थिए । सेवा लिन आउनेहरूको निःशुल्क जाँच, परामर्श तथा औषधि वितरण गरिएको थियो । 

    images

    आयुर्वेद उपचारको बारेमा जानकारी दिन तथा स्वास्थ्य सेवा प्रवाहको लागि यस वर्ष जिल्लाका सबै आठवटै स्थानीय तहमा एक दिने स्वास्थ्य शिविर सञ्चालन गरिने आयुर्वेद तथा वैकल्पिक चिकित्सालय रामेछापको सञ्चालन तथा व्यवस्थापन समिति अध्यक्ष नवराज पथिकले जानकारी दिए । 

    आयुर्वेदिक उपचार पद्धतिबाट धेरै पुराना नसर्ने खालका रोगहरू निको हुने भएकोले गाउँपालिकाले चिकित्सालयसँग समन्वय गरी शिविर सञ्चालन गरिएको उमाकुण्ड गाउँपालिका अध्यक्ष शेरबहादुर सुनुवारले बताए । यस्ता कार्यलाई निरन्तरता दिने पनि उनले जानकारी दिए । 

    चिकित्सालयले यस अघि सुनापति गाउँपालिकाको केन्द्र हिलदेवीमा पनि शिविर आयोजना गरेको थियो । सो शिविरमा दुई जनाले सेवा लिएका थिए । 

    यस अघि खाँडादेवी विकास कोषसँगको सहकार्यमा खाँडादेवी मन्दिरमा सञ्चालन भएको शिविरमा १ सय बढीले सेवा लिएका थिए ।

  • सम्बन्धित विषय:

  • # आयुर्वेदिक उपचार