शुक्रबार, श्रावण २९ गते २०८३
images
images

एनपीएल सिजन २ मा आज दुइ खेल:जनकपुर बोल्ट्स र विराटनगर किंग्स तथा कर्णाली याक्स र सुदूरपश्चिम रोयल्स

एक्सप्रेस पाना
मंसिर ८, २०८२ सोमबार
  • 131
    SHARES
  • एनपीएल सिजन २ मा आज दुइ खेल:जनकपुर बोल्ट्स र विराटनगर किंग्स तथा कर्णाली याक्स र सुदूरपश्चिम रोयल्स

    काठमाडौं । नेपाल प्रिमियर लिग(एनपीएल)दोस्रो संस्करणमा आज दुइ रोचक खेल हुदैँछ । 

    images

    सोमबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बिहान ११ः४५ बजे हुने पहिलो खेलमा जनकपुर बोल्ट्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा हुँदैछ । दोस्रो खेलमा दिउँसो ४ बजे कर्णाली याक्स र सुदूरपश्चिम रोयल्स भिड्नेछन् । 

    दुई दुई खेल खेलेका सुदूरपश्चिम र विराटनगर चारचार अंकसहित तालिकाको पहिलो र दोस्रो स्थानमा छन्। तीन खेल खेलिसकेको काठमाण्डु दुई अंक जोड्दै तेस्रो स्थानमा छ।

    images

    एनपीएलमा जनकपुर बोल्टस, सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स, विराटनगर किंग्स, चितवन राइनोज, काठमाण्डु गुर्खाज र लुम्बिनी लायन्स गरेर आठ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्दैछन्।

  • सम्बन्धित विषय:

  • # सुदूरपश्चिम रोयल्स
  • # कर्णाली याक्स