काठमाडौं । नेपाल प्रिमियर लिग(एनपीएल)दोस्रो संस्करणमा विराटनगर किंग्सले जनकपुर बोल्ट्सलाई १३६ रनको लक्ष्य दिएको छ ।
सोमबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जारी विराटनगरले २० ओभरमा ७ विकेट गुमाउँदै १३५ रन बनाएको हो ।
विराटनगरका लागि लोकेश बमले २८ रन बनाए भने वसिर अहमदले ३६ रन बनाए । त्यसैगरी मार्टिन गप्टिल १३ रन बनाएर आउट हुदाँ शुमम रन्जानेले ३७ रन जोडे ।



